पोखरामा कार्जस्पा स्टुडियो सञ्चालनमा
पाेखरा | जेठ ६, २०८२
पोखरा: उच्च गुणस्तरको कार हेरचाह सेवाहरूलाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ ।
पोखरा एक जीवन्त अर्थतन्त्र र बलियो अटोमोटिभ बजारको साथ द्रुत रुपमा बढीरहेको सहर रहेको भन्दै कारहरूको हेरचाह सेवालाई लक्षित गरी कार्जस्पा सञ्चालनमा ल्याइएको हो ।
यो सँगै कार्जस्पाले पोखरामा गाडीको सौन्दर्यलाई जोगाउन, अभिबृद्धि गर्न र कायम राख्न डिजाइन गरिएको प्रिमियम कार हेरचाह सेवाहरूको विस्तृत दायरा प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो ।
कार्जस्पा मार्फत पेन्ट प्रोटेक्सन फिल्म स्थापना गरिने जनाइएको छ । यसका माध्यमबाट कारको रंगलाई स्क्रयाच, चिप्स र वातवरणीय क्षतिबाट जोगाइने छ । त्यस्तै सिरेमिक कोटिंग, कारको भित्री भागलाई नयाँ देखिने गरी गहिरो सफाई, छालाको कन्डिसनिङ र कपडाको सुरक्षा, बाहिरी माटो धुने, स्टीम सफा गर्ने, विन्डशिल्ड पालिस गर्ने, रंग सतह परिष्करण आदि गरिने कार्यक्रममा जानकारी गराइयो ।
सेवा सञ्चालनको शुुभारम्भ गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खे्लकुद मन्त्री विन्दुुकुमार थापाले पोखरामा सञ्चालनमा आएको यो सेवा उपयोगी बन्ने विश्वास व्यक्त गर्दैै सफलताको शुुभकामना व्यक्त गर्नुभयो ।
ओमराज शर्माको सभापतित्व एवम् शिव थापाले सञ्चालन गर्नुुभएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बराल, नायिका प्रियंका कार्की, कार्जस्पा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अंकुर सामी, कार्जस्पा कम्पनीका नेपाल प्रमुख तरुन औजा चेम्बर अफ कमर्शका अध्यक्ष उमराज वास्तोला, पाोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले सफलताको शुुभकामना व्यक्त गर्नुुभयो ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

